१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


ब्वाइज युनियनलाई हराउँदै हिमालयन शेर्पा क्वार्टरफाइनलमा


0
Shares

चितवन, कात्तिक ६ । हिमालयन शेर्पा क्लब चितवनमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा शनिबार भएको खेलमा ब्वाइज युनियनलाई ३–१ ले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम आठमा पुगेको हो ।

हिमालयन शेर्पाका लागि विदेशी खेलाडी मेयोङले दुई तथा विष्णु गुरुङले एक गोल गरे । गुरुङले खेलको ११औं मिनेटमा, मेयोङले ६९औं र ८५औं गोल गरेका हुन् ।

पराजित ब्वाइज युनियनका लागि ७२औं मिनेटमा विजय पौडेलले सान्त्वना गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत् आइतबारदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा मोरङ फुटबल क्लब र सहारा क्लब पोखरा भिड्नेछन् ।