२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


नेपाललाई हिन्दूराष्ट्र घोषणा नगरे देश गम्भीर दुर्घटनामा : कटवाल


0
Shares

रविन भट्टराई (इमेज)
ताप्लेजुङ, कात्तिक ६ । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले संविधान संशोधनमार्फत् नेपाललाई हिन्दूराष्ट्र घोषणा नगरे देश गम्भीर दुर्घटनामा पर्ने बताएका छन् ।

ताप्लेजुङमा राष्ट्रिय हिन्दू एकता मन्चले आयोजना गरेको ‘वैदिक सनातन हिन्दूराष्ट्र नेपाल पुनःस्थापना मेची महाकाली महाअभियान’को शनिबार थालनी गर्दै उनले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने गरी संविधान संशोधन गरिनुपर्ने बताए ।

संविधान संशोधन नगरेको अवस्थामा जनमतसंग्रहमार्फत् यो विषयलाई निश्कर्षमा पु¥याउनुपर्ने उनको भनाइ थियो ।