
भक्तपुर, कात्तिक ६ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सन्चालन गरेको कक्षा १२ को मौका परीक्षा सकिएको छ ।
कक्षा १२ मा एउटा विषयमा अनुतीर्ण भएका विद्यार्थीका लागि शनिबार एकदिन सन्चालन गरिएको मौका परीक्षामा ३३ हजार पाँच परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।
देशभरका ८७ परीक्षा केन्द्रबाट एकैसाथ सन्चालन भएको उक्त परीक्षामा सबैभन्दा बढी अंग्रेजी विषयमा ११ हजार विद्यार्थी सहभागी भएका थिए ।
यस्तै, अर्थशास्त्रमा सात हजार, लेखामा तीन हजार तीन सयसहित अरु विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले मौका परीक्षा दिएका थिए ।
परीक्षाको नतिजा यही महिनाभित्र सार्वजनिक गर्ने अर्यालले बताए । रासस
प्रतिक्रिया दिनुहोस्