Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आर्सनल इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लियो


0
Shares

काठमाडौं । न्युकासल युनाइटेडलाई २–० ले हराउँदै आर्सनल इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन आरोम राम्से र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गरे ।

जितसँगै आर्सनलले ३१ खेलबाट ६३ अंक जाडेको छ । चौथो स्थानमा झरेको टोटेनहमको समान खेलबाट ६१ अंंक छ ।

न्यु क्यासल ३५ अंक सहित तालिकाको १३ औ स्थानमा रहेको छ ।

लिगमा ३२ खेलबाट ७९ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।