
काठमाडौं, असार २४ । आइतबार शेयर बजार तीब्र उतार चढावबीच नेप्सेमात्र रातो भएर थामियो ।
कारोबार भने औसत दिनका तुलनामा आइतबार उच्च रह्यो । नेप्से नगन्य अंकले मात्र रातो रहेर १२२४ दशमलब ३९ कायम भएर थामिएको हो ।
नेप्से दिनभर बढ्ने घट्ने भइरह्यो ।
यस दिन आधाभन्दा बढी समूह रातो रहे । बीमा, जलविद्युत, लघुवित्त, वित्त, व्यापार र विकास बैंक समूह ओरालो लागे । होटल, उत्पादनमूलक, वाणिज्य बैंक र अन्य समूह सकारात्मक रहे ।
होटल समूहमा ४१ अंक र उत्पादनमूलक समूहमा ३० अंकको सुधार आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६८ कम्पनीको १२ लाख ५० हजार कित्ता शेयर ४८ करोड ६० लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्