काठमाडौं, कात्तिक ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे कार्तिक ९ गतेको संसद बैठकमा छलफल हुने भएको छ ।
आइतबारको संसद बैठकमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकोबारे जानकारी दिँदै सभामुख ओनसरी घर्तिले छलफलका लागि कार्तिक ९ गते दिउँसो ३ बजेका लागि संसदको बैठक बोलाएकी हुन् ।
यसअघि कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पेश हुने भनिए पनि बिहीबारका लागि डाकिएको बैठक स्थगित गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गर्दै आजसम्मका लागि बैठक स्थगित गरेकी थिइन् ।
संसद्मा महाअभियोगको प्रस्तावबारे छलफल भएपछि थप अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाइने छ । समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र संसद्मा अनुसन्धान प्रतिवेदन पठाउने छ ।









प्रतिक्रिया दिनुहोस्