Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आईपीएलमा पञ्जावद्धारा दिल्ली पराजित, सन्दिप लामिछानेले लिए २ विकेट


0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई किङ्गस इलाभेन पन्जाबले १४ रनले हराएको छ ।

बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर २ बलमा अलआउट हुनुपुर्व १ सय ५२ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि ऋषब पन्तले ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए ।

दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो ।

सामले १७ औं ओभरको अन्तिम बल र १९ औं ओभरको सुरुवाती २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । उसका लागि डेभिड मिलरले ४३ रन तथा सर्फराज खानले ३९ रन बनाए ।

बलीङतर्फ दिल्लीका क्रिस मोरिसले ३ तथा कागीसो राबडा र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिएका हुन् । अघिल्लो खेलमा कोलकाता विरुद्ध सन्दिपले १ विकेट लिएका थिए ।

गएरातीको जितसंगै पन्जाबले ४ खेलबाट ६ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।  पराजित दिल्ली ४ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।