Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


महाभियोग प्रस्ताव पारित गर्न दबाबस्वरुप विद्यार्थी सडकमा


0
Shares

काठमाडौं, कात्तिक ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन दबाबस्वरुप संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

आइतबार राजधानीको माइतीघर मण्डलादेखि बानेश्वरसम्म विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कांग्रेस, एमाले, माओवादीलगायत विभिन्न राजनीतिक दलसँग निकट १३ विद्यार्थी संगठनहरुले लोकमान सिंहमाथि कारवाही गर, लोकमानको सम्पत्ति सार्वजनिक गर जस्ता नारा लगाएका थिए ।

Skip This