१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सहारा क्लवलाई पराजित गर्दै मोरङ सेमिफाइनलमा


0
Shares

चितवन, कात्तिक ७ । सहारा क्लव पोखरालाई पराजित गर्दै मोरङ फुटबल क्लव चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा आइतबार भएको पहिलो क्वाटरफाईनल खेलमा सहारालाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङले सेमिफाईनलको यात्रा तय गरेको हो ।

मोरङका लागि खेलको २१ औं मिनेटमा दिपक राईले र ४७ औं मिनेटमा विदेशी खेलाडी मार्टिन अजईले गोल गरे । त्यस्तै पोखराका लागि विदेशी खेलाडी सगुनले ३६ औं मिनेटमा सान्त्वना गोल गरे ।

आजको खेलको म्यान अफ दि म्याच सहारा क्लव पोखराका सुशिल लामा घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार हुने दोस्रो क्वाटरफाईनल खेलमा चितवन–११ र मनाङ मर्स्याङ्दी भिड्नेछन् ।