२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


अन्नपुर्ण पुस्तकालयमा ‘मुसाको रजाईं’(भिडियो हेर्नुहोस)


0
Shares

म्याग्दी, कात्तिक ८ । म्याग्दी जिल्लाकै पुरानो अन्नपुर्ण पुस्तकालय संरक्षण र प्रयोगको अभावमा जिर्ण अवस्थामा पुगेको छ ।

तिकममा २०२५ सालमा स्थापना गरिएको पुस्तकालय नियमित सञ्चालनको अभावमा बर्षोदेखी बन्द रहँदा मुसाले पुस्तकालयमा रहेका पुस्तकहरु सखाप पारेको छ ।

तत्कालिन समयमा स्थानीले राणा शासनको अन्त्य भएपछि शिक्षाको ज्योती गाउँभरी फैलाउने उदेश्यले स्थापना भएको पुस्तकालय केही बर्ष नियमित खुलेपनि जनशक्ति र स्रोतको अभावमा बन्द भएको हो ।

जिल्लाकै ठुलो र नमुना बनाउन भद्रकला सुबेदीले सञ्चालन गरेको महायज्ञमा संकलन भएको धान र नगदबाट विश्वभरका चर्चित पुस्तक सहित नेपाली राजनीतिक, सामाजिक सहित विभिन्न विधाका पुस्तकहरू राखिएको भएपनि अहिले धेरै पुस्तक चोरी भएका छन् ।

तत्कालिन समयमा ठुलो रकम र जनशक्तिको प्रयोग गरी स्थापना गरिएको पुस्तकालय संरक्षण र युवाहरूको सक्रियता नहुँदा जिर्ण भएको स्थानीय बताउंछन् ।

पुस्तकालयको भवन जीर्ण बनेको छ भने त्यहां भित्र रहेका फर्निचरहरु समेत काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।