Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


महाअभियोग प्रस्तावमाथि धारणा बनाउन कांग्रेसको बैठक आज पनि जारी


0
Shares

               फाइल तस्विर

काठमाडौं, कात्तिक ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि आधिकारिक धारणा तय गर्न नेपाली कांग्रेसले आज(सोमबार) पनि केन्द्रीय समितिको बैठकमा छलफल गरिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरुले आ–आफ्ना भनाइ राखिरहेका छन् । यसअघि दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा बोल्नेहरुबाट मिश्रित धारणा आएपछि कांग्रेसले यसबारे अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन ।

यसअघि बोल्ने २४ जनामध्ये चार÷पाँच जनाले महाअभियोगको प्रस्ताव अघि बढाउनुपर्ने बताएका छन् । केहीले कार्कीलाई राजीनामा गर्न लगाउनुपर्ने र केहीले आफूहरुसँग छलफल नगरी प्रस्ताव ल्याइएको भन्दै असहमति जनाएका छन् ।

कांग्रेसका कतिपय केन्द्रीय सदस्यहरुले संविधान संसोधन गरेर कार्यान्वयन गर्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतकाले यस विषयमा धारणा राखि सकेका छैनन् ।

आजको बैठकमा अधिकांशको धारणा सुनेर संसदीय दलको बैठकसमेत राखी औपचारिक धारणा तय गर्ने कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

Skip This