२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


मेलम्ची खानेपानीमा विकास समितिको भूमिका प्रभावकारी हुनुपर्ने


0
Shares

काठमाडौं, कात्तिक ८ । व्यवस्थापिका संसद्अन्तर्गतको विकास समितिमा मेलम्ची खानेपानी आयोजनाका विषयमा छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीले मेलम्ची खानेपानी आयोजना कार्यान्वयनको अवस्था, समस्या, चुनौति र भावी रणनीतिका बारेमा धारणा राखेपछि सांसदहरुले पनि आ–आफ्ना धारणा राखेका थिए ।

बोल्ने अधिकांश सांसदहरुले मेलम्ची खानेपानी आयोजनामा संसदीय विकास समितिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले आयोजनाको हालसम्मको उपलब्धी, प्रगतिको बारेमा समीक्षा गर्नुपर्ने बताएका थिए ।

सभापति अधिकारीले भने मेलम्ची खानेपानी आयोजनाका विषयमा भएका मुख्य कामबारे सांसदहरुलाई जानकारी गराएका थिए ।