
काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बत् नेपालको गर्व र मौलिक पहिचान भएको बताएका छन् ।
नेपाल सम्बत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सोमबार सिंहदरबारमा भएको भेटघाटमा प्रधानमन्त्री दाहालले नेपाल सम्बत् सबै नेपालीको मौलिक पहिचान भएकाले यसलाई स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
भेटमा नेपाल सम्बत् राष्ट्रिय समारोहका प्रतिनिधिले यही कात्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्बत्को मूल समारोह कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्