२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


नेपालबारे भारतीय कुटनीतिज्ञको पुस्तक सार्वजनिक


0
Shares

काठमाडौं, कात्तिक ८ । भारतीय कुटनीतिज्ञ जावेद असरफले नेपालमा खिचेका तस्वीरहरुको संगालो सोमबार सार्वजनिक गरिएको छ ।

असरफले काठमाडौंका विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाका साथै सामाजिक परिवेश झल्कने गरी विभिन्न समयमा खिचेका तस्वीरहरुको संगालो ‘अ डे इन द लाइफ अफ काठमाडौं’को सोमबार राजधानीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले विमोचन गरे ।

परराष्ट्रमन्त्री डा. महतले सार्वजनिक गरिएको तस्वीरहरुको संगालोले नेपाललाई विश्वमा चिनाउन सहयोग गर्ने बताए ।

भूकम्पपछिको पुनःनिर्माणमा समर्पित गरिएको यो पुस्तकले प्राकृतिक तथा सांस्कृतिक धरोहरको पुनःनिर्माणमा उर्जा थप्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा पुस्तकका लेखक असरफले काठमाडौंको प्राकृतिक तथा सांस्कृतिक सम्पदा नेपालकोमात्र नभएर एसिया र पुरै विश्वकै पनि धरोहर भएको चर्चा गर्दै भूकम्पले भत्काएका यस्ता सम्पदाको पुनःनिर्माण र संरक्षण गर्नुपर्ने बताए ।

भारत भ्रमणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही पुस्तक उपहारस्वरुप दिएका थिए ।