तनहुँ, कात्तिक ८ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
नेकपा एमाले ब्यास नगर कमिटी तनहुँले सोमबार दमौलीमा गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सचिव भट्टराईले महाअभियोग लगाइएका कार्कीलाई पदत्याग गर्न सुझाव दिए ।
उनले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य रहेको भन्दै चुनाव नगरे प्रधानमन्त्री पुष्पकमल दाहालले पद छाड्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्