
कन्चनपुर, कात्तिक ८ । कन्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित हिमाल सिरक–डसना उद्योगमा आगोलागी भएको छ ।
सोमबार दिउँसो भएको आगोलागी २० मिनटपछि पुगेको दमकलको सहायतमा स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
आगोलागीबाट रुई, कपडालगायतका सामग्री जलेर नस्ट भएको जनाइएको छ । उद्योगका कामदारले मेसिन चलाइरहँदा विद्युत् सर्ट भइ आगो लागेको बताइएको छ ।
अचानक आगो लागेको देखेका सन्चालक रमेश मेहरा बेहोस भएका थिए । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्