२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ विजयी, कसले–कति भोट ल्याए ?


0
Shares

काठमाडौं, कात्तिक ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमबार काठमाडौंमा भएको एन्फाको १५औं साधारणसभाले श्रेष्ठलाई निर्वाचित गरेको हो ।

एन्फाका ६७ प्रतिनिधिले सहभागिता जनाएको निर्वाचनमा श्रेष्ठले ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी कर्माछिरिङ शेर्पाले ३१ मतमात्र ल्याए ।

त्यस्तै, उपाध्यक्षमा मणि कुँवर विजयी भएका छन् । कुँवरले ३४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्धन्द्धी दीपक खातीले २५ मत प्राप्त गरे । त्यस्तै, उपेन्द्रमान सिंहले ८ मतमात्र ल्याए ।

कुँवर श्रेष्ठको प्यानलबाट तथा खाती शेर्पाको प्यानलबाट उठ्दा सिंहले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

एन्फाको इतिहासमा पहिलोपटक अध्यक्षका लागि भएको निर्वाचनमा विजयी भएसँगै एक वर्षसम्म कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नरेन्द्र श्रेष्ठले सबै फुटबलकर्मीहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।