
काठमाडौं, कात्तिक ८ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् सोमबार भएका खेलहरुमा ताहाचल फुटसल र किकअफ फुटसल विजयी भएका छन् ।
समूह ‘बी’को खेलमा ताहाचलले सामाखुसी फुटसललाई ४–३ ले पराजित गरेको हो । सामाखुसीको यो लगातार तेस्रो पराजय हो ।
प्रतियोगिताअन्तर्गत् समूह ‘ए’ को खेलमा किकअफ फुटसलले बाँसबारीको चौर रिक्रियस्नल सेन्टरलाई ७–१ ले हरायो । खेलमा किकअफका रजिन पाण्डेले ह्याट्रिक गरे ।
जारी प्रतियोगिताको एकमात्र अपराजित टोली किकअफले चार खेलबाट १२ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्