१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


मनाङ–मर्स्याङ्दी शानदार जितसँगै सेमिफाइनलमा


0
Shares

चितवन, कात्तिक ८ । मनाङ–मर्स्याङ्दी क्लब चितवनमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा सोमबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा चितवन–११ लाई ४–० ले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

मनाङको जितमा विदेशी खेलाडी अफिज ओलावालेले दुई तथा बिमल राना र विश्वास श्रेष्ठले एक–एक गोल गरे । ओलावालेले खेलको दोस्रो र ६०औं मिनेटमा, विमलले ३२औं तथा विश्वासले ४७औं मिनेटमा गोल गरेका हुन् ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा मंगलबार हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।