बुटवल, कात्तिक ८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोगबाटै कारबाही गर्नुपर्ने बताएका छन् ।
मोर्चाको केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी दिन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘महाअभियोग प्रस्ताव पारित गर्नुको विकल्प छैन’–भने ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको २५ बुँदे सहमति राष्ट्रघाती र नेपाललाई भुटानीकरण गर्ने खेल भएको केसीको आरोप थियो ।









प्रतिक्रिया दिनुहोस्