२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


तातो र चिसो वायुको मिश्रणपछि वितन्डा मच्चाउने शक्ति


0
Shares

प्रतीक्षा खनाल र राजेन्द्र नापित (इमेज)

काठमाडौं, चैत १८ । प्रकृतिले समय–समयमा आफ्नो रौद्ररुप देखाउने गर्दछ । आइतबार साँझ पनि त्यस्तै भयो ।

बारा र पर्सामा हावाहुरीले ठूलो संख्यामा जनधनको क्षति गराएको छ । बारा र पर्सामा केन्द्रित रहेको आइतबारकोजस्तो आँधी विरलै उत्पन्न हुने चक्र मानिएको छ ।

मौसम पूर्वानुमान विभागले उक्त शक्तिशाली आँधीको पूर्वानुमान गर्न किन सकेन भन्ने जिज्ञासा पनि उठेको छ ।

मनसुन सुरु हुनुभन्दाअघि नेपालमा हावाहुरी र चट्याङजस्ता विपत्तिहरु आउनु सामान्य नै हो ।

आइतबारको शाक्तिशाली आँधीबेहरी निम्त्याउने वायु पोखराको आकाशबाट विकसित भएको र न्यून चापीय वायुलाई पश्चिमी वायुको प्रभावले दक्षिण–पूर्वतर्फ धकेल्दै जाँदा बारा, पर्साको आकाशमाथि पुग्दा भूमरीमा परिणत भएको मौसमविद्को भनाइ छ ।

चैत–वैशाखको समयमा जमिनको सतहनजिकको वायु तातो हुने र पश्चिमबाट आउने वायु चिसो हुने गर्दछ । यी दुई वायुको मिश्रण हुँदा ठूलै वितन्डा मच्चाउने शक्ति उत्पन्न हुने गर्दछ ।

तर, आकस्मिक आँधीले यति विकराल रुप लिनु भने असामान्य रहेको मौसमविद्को भनाइ छ ।

मौसमविद् वरुण पौडेलले यस्ता आँधीको पूर्वानुमान सहज नहुने बताउँछन् ।

वर्षभरि हुने हुरीका घटनाको झन्डै आधा घटना चैतदेखि जेठ महिनाको अन्तरालमा हुने गर्दछ ।

आफ्नो वरपरका भौतिक संरचना कमजोर हुँदा पनि धेरै जनधनको क्षति हुने हुँदा सर्तक रहनुपर्ने मौसमविद् पौडेलको सुझाव छ ।

भिडियो हेर्नुहोस्