काठमाडौं, चैत १८ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटमा सोमबार राति दिल्ली क्यापिटल्सले किंग्स–११ पन्जाबसित खेल्दैछ ।
खेल नेपाली समयानुसार राति सवा ८ बजेदेखि पन्जाबको घरेलु मैदान चन्डिगढमा हुँदैछ ।
दिल्लीबाट नेपाली खेलाडी सन्दीप लामिछाने यो खेलमा पनि मैदानमा उत्रने र राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
यसअघिको कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा लेग स्पीनर सन्दीपले सबैभन्दा किफायती बलिङ गर्दै एक विकेट लिएका थिए । एक खेलाडीलाई ‘रनआउट’समेत गरेका थिए ।
गत सिजनमा अन्तिम तीन खेल खेल्न पाएका सन्दीपले योपटक भने तेस्रो खेलमै खेल्न पाएका थिए ।
लिगमा तीन खेलबाट शतप्रतिशत नतिजासहित ६ अंक जोडेको महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स शीर्ष स्थानमा छ ।
तीन खेलबाट ४ अंक जोडेका सनराइजर्स हैदरावाद, कोलकाता, दिल्ली र पन्जाब क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन् ।
मुम्बई इन्डियन्सको २ अंक छ भने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर अंकविहीन छन् ।








प्रतिक्रिया दिनुहोस्