२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


लोकमान काकाका नाममा !


0
Shares

संजिव कार्की –

लोकमान काका !

भन्न त भाई बन्धु भतिज भएको हुनाले तपाईलाई आदरणीय लोकमान काका भनेर सम्बोधन गर्नु पर्ने हो तर धेरैले अनादर गरेको मान्छेलाई मैले पनि आदर र सम्मान नै गर्न चै सकिन , तपाईलाई यथोचित मान सम्मान र आदर प्रकट गर्दा मलाई मेरो मनले अरु आदरणीय हरुलाई हेपेको, होच्याएको र अनादर गरेको भान हुन्छ , मेरो तपाईसंग कुनै रिसराग लेनदेन, अंशबन्डा व्यक्तिगत झैँ झगडा केहि छैन यद्दपि एक सचेत नेपाली नागरिक अनि उस्तै थर बंश हुनुको नाताले गहिरो सरोकार ,चासो र जिज्ञासा छ ! ( हुन त तपाईसंग मेरो उस्तै थर हुनु संयोग मात्र हो  । मलाई मेरो यो थरको कारणले उपेक्षा तिरस्कार र घृणा मात्र हैन सम्मान र सहानुभूती अनि कतिपय अबसरबाट बन्चित हुने तीता मीठा पलहरु पनि जुरेका छन ।  यद्दपि मेरो जन्म संयोगले प्राप्त भएको मेरो थर गोत्र प्रति मेरो कुनै गुनासो छैन ) तपाईलाई जति सम्मान र आदर प्रकट गर्नु पर्ने हो सो गर्ने परिस्थिति तपाईकै कारण नबनेकोमा मलाई अफसोच छ ! माफ गर्नु होला ! मैले मात्र तपाइलाई लोकमान काका भनेर सम्बोधन गर्छु !

तपाई लोकसेवा नदेखेर पनि नेपाल सरकारको मुख्यसचिव बनेर लोकसेवामा टुप्पी कन्दनी अनि भोको पेट र खालि आंग बोकेर पढेर पास गरेर आएकाहरु माथि चढ्ने हैसियत बनाउनु भएको व्यक्ति र बिरलै पाइने प्रवृति हो! राजा महाराजाको हुकुम प्रमांगीको शाही अधिकारी तपाई क्रान्तिकारी गणतन्त्रबादीको समेत प्रिय र आदरणीय बन्न सफल हुनुभएको तपाइको खुबी र छेपारे प्रवृत्तिको जति प्रसंसा गरे पनि कमै हुन्छ ! गिरिजाप्रसादलाई आफ्नो निष्ठावान कार्यकर्ता बलदेव शर्माको मन्त्री  पद भन्दा तपाईँको सचिवपद महत्वपूर्ण र प्रतिष्ठाको बिषय बन्यो । जब गिरिजाप्रसादले तपाई जस्तालाई काखी च्यापेर बलदेव शर्मा ,  ढुण्डीराज शास्त्री , जगन्नाथ आचार्यहरुलाई पाखामा पाआ पछारे झैँ पछारे ! त्यहि बाट सत्य र इमान को बलि चढ्न शुरु भयो अनि देशको दुर्दिन र दुर्दशाको आरम्भ भयो! दिगम्वत गिरिजाप्रसादले देशलाई नयाँ तर बेथिति र विसंगतिको अँध्यारो युग तिर धकेले तपाई जस्ताहरुको राज शुरु भयो यसको श्रेय गिरिजाप्रसादलाई जान्छ  । जतिबेला हामी पनि बीर गिरिजाप्रसाद जिन्दाबाद भन्दा छाती चौडा भएको महशुश गर्थ्यौ !

भो अब सुदुर अतित छाडौ नयाँ गणतन्त्रको कुरा र तपाईको योगदानको सामान्य चर्चा गरौ ! अरुले मान्छन मान्दैनन तर गणतन्त्र ल्याउन योगदान दिने महत्वपूर्ण भूमिकामा यहाँ अब्बल देखिनु भएको नै हो जति ज्ञानेन्द्र शाह देखिए! यदि यहाँहरुको कर्म अघिल्तिर सुकर्म थपिएको भए , जनताले शासन को अघि शुशासन को प्रत्याभूति भएको भए जनताले किमार्थ गणतन्त्र लाई बल पुग्ने बाटो रोज्ने थिएनन् , जनता प्रणाली जे सुकै र जस्तोसुकै भए पनि त्यसबाट पाउने सहज सेवा र सुबिधा प्रति सरोकार राख्छन अरु प्रति ध्यान दिन खासै जरुरि ठान्दैनन् ! जति जति अन्याय बेथिति अनि बिकृति बढ्दै जान्छ जनता त्यसको विकल्प खोज्न र प्रतिरोधगर्न तयार हुन्छन निषेध मा प्रतिसोध र बिद्रोह ब्यबहारत जन्मन्छ ।  बिद्रोह जन्माउने ,बिद्रोह लाई मलजल पुग्ने कार्य यदि यहाँ हरुबाट नभएको भए यी क्रान्तिकारी हरुको पनि कुन हबिगत हुन्थ्यो इतिहास अध्येता धेरैलाई थाहा छ तसर्थ नेपाल गणतन्त्र हुनुमा यहाको योगदान उल्लेख गर्न लायक ठान्छु म सायद धेरैले यसमा बिमति राख्दैनन् ।  णतन्त्रको कार्यबाही सामान्य चड्कन याँहाको भागमा भने नपरेको हैन तर त्यो चड्कन तपाइको लागि लोकलाज ढाक्न रचिएको नौटंकी मात्र भएको पुस्टि हुन् धेरै समय कुर्नु परेन ?
लोकमान काका ,
जब तपाईले केहि समय पाइलट बाबाको सानिध्य रहेर भूमिगत जीवन व्यतित गर्नु भयो धेरैले तपाईलाई पलायन भएको हराएको बैराग्य धारण गरेको सन्यासी बनेको अनि कहिले त् सन्यासी बनेर कमान्डलु बोकेर हिडेको भनी भद्दा मजाक र बिल्ला गरे ! लोकु काका यहाको अन्तर्ध्यानको बिषय लाई लिएर जसले जे भने पनि यहाँ त् ठुलो मिशन सहित ध्यान दृस्टी एकत्रित गरि गहिरो अध्यात्म ज्ञान प्राप्त गर्न लिन हुनु भएको कुरामा आज आएर कसैको पनि दुईमत र दुइअर्थि विचार छैन! यहाले जुन ज्ञान र शक्ति आर्जन गर्नु भयो त्यसको बारेमा भने मेरो भिन्न मत छ पाइलट बाबाले नै यहालाई जादु मन्तर टुनामुना गर्ने बिद्या दिए कि अरु नै माता बाट तपाइले यो शक्ति र सामर्थ्य प्राप्त गर्नु भयो ? पक्कै पनि कुनै अदृश्य दैबी शक्ति माताको प्रभाव र आशिर्वाद प्राप्त गरेको हुनु पर्छ खैर यो मेरो अड्कल र आन्दाजी मात्र हो ! जे होस् तपाइले प्राप्त गर्नु भएको शक्ति र सामर्थ्य भने पक्कै पनि चानचुने थिएन हैन र छैन पनि ? तपाईको जादुइ बिद्या बाट क्रान्तिकारी अकबरी नम्बरी पुष्पकमल दाहाल प्रभावित हुनु नै अरु सब लाइन मा आउनु हो भन्ने पुस्टि हुन् कुनै अरु तर्क र प्रमाण चाहिन्न रु तपाइको भीमकाय भौतिक शरिरलाई बाबुरामले कुशल प्रसाशक भनी पहिलोपटक कसै प्रति प्रसंसा को शब्द खर्च गरे , भन्छन बाबुराम प्रसंसा गर्न कन्जुस नेता हुन् ! बाबुराम को प्रसंसा बाट पनि थाहा लाग्छ राजाका प्रिय मनु तपाई कसरि राजा फाल्ने हरुको प्रिय र सर्व मान्य बन्नु भयो ! यहाको डाइनामिक र भर्सटायल व्यक्तित्व को चर्चा एकाएक चुलियो ! प्रचण्ड यहाका भक्त बने अरु भक्त नबन्ने कुरै भएन?यो यहाको आध्यात्मिक शक्ति र सामर्थ्यको एक शशक्त पाटो बन्यो जसले देशको सर्बाधिकार सम्पन्न संबैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग को गरिमामय स्थानमा पुर्यायो ! गणतन्त्रले चोरलाई चौतारी र साधुलाई सुली चढाउने काम गर्यो यसको पहिलो श्रेय प्रचण्ड नव महाराजले लिए ! अरु छोटेलाल हरुको भागमा पनि क्षमता  तत्कालीन दलगत सामर्थ्यको  आधारमा श्रेय जान्छ नै , त्यो श्रेय न दिनु अन्याय नै हुन्छ ! जसजसले उहालाई त्यो स्थान दिन सफल भए तिनको भागमा त्यो परोस नै यसमा अरुको हकदावी कमजोर हुनेछ !
लोकमान काका,

अख्तियार प्रमुख को पगरी २०७० बैशाख २५ मा यहाले गुथेपछि यहाँ सर्वशक्तिमान राजा भएको छनक देखाउनु भयो , बिगतका पाप पखाल्ने देस र देश बासीलाई भ्रस्टचारको दलदल बाट निकाल्ने सुबर्ण मौका यहाको लागि आफ्नो र आफ्नाको ठगिखाने थलो थर्काएर खाने थलोमा अख्तियार लाई परिणत गर्नु भयो । अख्तियार को सदुपयोग देशका लागि नभई आफ्ना लागि गर्नु भयो , यहाले केहि साना डुकुरे मुसा पनि मार्नु भयो तर डुकुरे मुसा मर्दा हात्ती नै मरेको ढोल पनि पिटाउनु भयो! अनाहक मा धेरैलाई अख्तियारको दैलो मात्र हैन अदालतको झेउलो पनि बोकाउनु भयो धेरैको क्यारियर चौपट पारिदिनु भयो । एउटा ख्याउटे डाक्टर गोविन्द के सी ले भोकै बस्छु के भनेको थियो उसको उद्दार को लागि पागलखानामा लगेर सरकारले उपचार गर्ने बन्दोबस्त गरोस भनि उसको पक्षमा बोल्नु पनि भयो । संसदीय समितिमा बोलाउने हरुलाई कुनै बाल दिनुभएन रु शुशिला दिदीलाई त् तिम्रो आफ्नै नजिकको भाइ बन्धु हु भनी चिठी लेखेर तिहारमा टिका थाप्ने निम्तो पनि दिन भ्याउनु भयो!कालोकोट धारी प्रकाश अर्यालको रिट अनि तत् रितले उत्पन्न गरेको कानुनी सबालको जबाफ गुन्डागर्दी र आतंककारी शैलीमा टार्ने र छल्ने प्रयास गर्नुभयो !
न बिराउनु न डराउनु भन्छन तपाई किन भाग्नु भयो कानुनको फन्दाबाट रु सत्य तथ्य बोल्ने मान्छे भाग्ने लुक्ने र छलिने गर्नु कायरता हो क्षत्रिय धर्म भएको यत्रो भीमकाय मान्छेले भाग्न सुहाउन्न लोकमान काका ?
लोकमान काका !

एउटा तितो सत्य के हो भने यहाँ तपाइलाई भ्रस्ट देख्ने भन्ने सबै निस्कलंक र दुधले नुहाएका चोखा मान्छे मात्र छैनन् । आफ्नो भ्रस्ट मुखौटो छोप्नको लागि तपाइको कमजोरीमा प्रहार गर्ने पनि थुप्रै छन । केहि सफेद र कन्चन हिंउ झैँ चम्किला मान्छे पनि छन अनि केहि असाध्यै गनाएका तर शक्ति र श्रोतमा पहुच भएका पनि छन ! प्रिय लोकमान काका , म तपाई संग अब गुनासो र तपाइको बिरोध मात्र गर्दिन । तपाईँको बिरोध नगर्ने मान्छे त् केहि समय पछि तपाइले भेट्टाउन पनि मुश्किल पर्छ तपाइलाई बाछाले पनि खेद्ने दिन अझ नजिक हुँदैछ तसर्थ मेरो निशुल्क सल्लाह सुझाव लाई मनन गरि निम्न कुराहरुमा ध्यान खिच्नुस !
 – लोकमान काका तपाई धार्मिक स्वभाव र धार्मिक मान्छे जो समस्यामा आत्तिने हड बढ गर्ने होइन बडो धार्ज्य भएर सामना गर्नुस यो संस्कार तपाईमा जन्मजात हुनुपर्ने हो । जे परिणाम प्राप्त भए पनि स्वीकार्नु पर्छ स्वीकार गर्नुस !
 – यहाँ जति पनि मान्छेले तपाइलाई मात्र दोषी भ्रस्टचारी भनेका छन ति मध्ये केहि प्रतिशत लाई छोडेर अधिकांश भ्रस्टचारी छन , कोहि आरोपमा छन् कोहि भ्रस्टचारी नै छन् अनि कोहि भ्रस्टचार गर्न उद्धत छन जसलाई शक्तिको आडमा आफ्नो भ्रस्ट अनुहार छोप्नु छ । देश दुनियालाई थाहा छ याँहा तपाई मात्र एक्लो भ्रस्टचारी हैन अनि के लाज मान्नु हुन्छ छोडिदिनुस लाजमान्न् बरु भनि दिनुस आफु जस्ता को को छन् कहाँ कहाँ छन् कसरि बचेका र बसेका छन ?
 – तपाईले जुन श्रोत र साधन उपयोग गर्नु भयो जसको अनुसन्धान गर्नु भयो अब स्पस्ट प्रमाण र दशिको आधारमा सबको पोल एकसे एक खोलिदिनुस ! देश तपाइलाई मात्र हैन भ्रस्ट सबको हिसाबकिताब गरेर असुल उपर गर्न हतारमा छ ।
 – आफु जालमा परे पनि फेरि शक्ति आर्जन हुन्छ भन्ने लोभमा अरु लाई उम्काएर चोख्याउने प्रपन्च नगर्नोस ! भोलि के थाहा ?
 –  कसैका प्रति पनि आग्रह पूर्वाग्रह नपाली जे सत्य हो सो प्रकासमा ल्याउनुहोस तपाइको दश खत माफि नहोला भन्न सकिन्न ! सत्य तथ्य बाहिर ल्याउदा तपाइको होचो भएको कद फेरि नबढ्ला भन्न सकिन्न ! सत्य कहिल्यै हार्दैन मर्दैन र सत्यले ढिला भए पनि न्याय दिन्छ !
 – यदि तपाई देशभक्त छोरो हो भने आफ्नोकमजोरी आत्मालोचना सहित अरु सबको खराबी र कुकर्म जनताको सामु पस्कनुहोस तपाइले आफ्नो कसुरको सजाय जनताको आँखाबाट कम पाउनु हुनेछ !
 – लोकमान काका यसबीच तपाईले थुप्रै उपनाम पाउनु भयो जसमा मलाई दुख लागेको छ हेर्नुस कति धेरै नाम बने तपाईका ! लाजमान, लुकमान , लोपमान ठोक् मान , झोकमान अनि सबै भन्दा अनाम बेइमान समेत भने अब यो नाम सबलाई बिर्सने अनि आफ्नो शानदार र भब्य नाम लोकमानसिंह नै कायम गर्न सुकर्मको थालनी गर्नुस कुकर्म क्रमशः पातलो हुँदैजाने छ ! असली धर्म गर्नुस देशको माया गर्नुस ! तपाईको कुशल मंगलको कामना गर्दै पुन अबसर मिलेमा निशुल्क सल्लाहकार बन्ने नै छु ! आजलाई बिदा पाउ लोकमान काका
उही तपाईको
नाता नपर्ने भतिज