Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


मेस्सी र रोनाल्डो भन्दा ग्रेजम्यान उत्कृष्ट


0
Shares

काठमाडौं, कात्तिक ९ । स्पेनिस फुटबल क्लव एथ्लेटिको मड्रिडका फ्रेन्च स्ट्राईकर एन्टोनियो ग्रेजम्यान स्पेनिस ला लिगाको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बार्सीलोनाका स्टार खेलाडी लियोनल मेस्सी र रियाल मड्रिडका क्रिश्चियानो रोनाल्डोलाई पछि पार्दै ग्रेजम्यानले ला लिगाको उत्कृष्ट खेलडीको अवार्ड जितेका हुन् ।

स्पेनको भ्यालेन्सीयामा सोमबार राती सम्पन्न वार्षीक अवार्ड कार्यक्रममा ग्रेजम्यानलाई उत्कृष्ट खेलाडीको पुरस्कार दिइयो ।

पछिल्लो ७ मध्ये ६ पटक ला लिगाको उत्कृष्ट खेलाडी घोषित भएका मेस्सी यसपटक भने उत्कृष्ट स्ट्राईकरमा सिमित भए । यसैगरी बार्सीलोनाकै अर्का स्टार सुवजारेजले ला लिगा विश्व खेलाडीको उपाधि जिते ।

फुटबल समर्थकहरुको अवार्ड पनि ग्रेजम्यानले जिते । उत्कृष्ट मिडफील्डरको अवार्ड रियाल मड्रिडका लुका मोड्रिचले जित्दा रियालकै मार्को असेन्सीयो उदयमान खेलाडी घोषित भए ।

एथ्लेटिको मड्रिडका यान ओब्लाकले उत्कृष्ट गोलरक्षकको अवार्ड जित्दा उत्कृष्ट डिफेन्डरको अवार्ड एथ्लेटिकोकै डिएगो गोडिनको नाममा गयो ।

यसैगरी प्रशिक्षकतर्फ एथ्लेटिकोकै डिएगो सेमीयोनी उत्कृष्ट ठहरीए । बार्सीलोना र रियाल मड्रिडको दबदबा रहेको स्पेनीस ला लिगामा पछिल्लो चार मध्ये तीन पटक सेमीयोनी उतकृष्ट प्रशिक्षक ठहरिएका छन् ।

ला लिगाको टिम अफ द एयरका सबै ११ खेलाडीमा वार्सीलोना, रियाल मड्रिड र एथ्लेटिको मड्रिडका खेलाडीहरु मात्रै परे ।