२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा


0
Shares

काठमाडौं, कात्तिक ९ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको जनाएको छ ।

समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ‘यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ,’ उनले भने ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवर्द्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ । (रासस)