Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


भोजपुरमा हवाई यात्रुको चाप बढ्दो, भित्ताभरी यात्रुका नाम


0
Shares

भोजपुर, कात्तिक ९ । भोजपुरबाट विराटनगर र काठमाडौं जानका लागि हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ ।

भोजपुरदेखि काठमाडौं र विराटनगर जाने यात्रुको चाप बढेको नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए ।

टिकटका लागि अहिले नेपाल वायु सेवा निगमको कार्यालय अगाडिको भित्तासमेत नामावलीले भरिएको छ । निगमको कार्यालयको भित्तामा आगामी कात्तिक २७ गतेसम्मका लागि टिकटको नामावली टाँस गरिएको छ ।

भोजपुर विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले सोमबार, मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँमा चारवटा र सोमबार, मङ्गलबार, बिहीबार विराटनगरका लागि तीन उडान भर्दै आएकोे प्रमुख पुरीले बताए ।

यता निजी उडान गर्दै आइरहेको तारा एयरलाइन्सको जहाजले भने बिहीबार काठमाडौँ भोजपुरमा एक उडान गदैँ आएको छ । (रासस)