
वीरगन्ज, चैत १८ । आइतबारको भीषण हावाहुरीमा परी बारा र पर्सामा ६१२ जना घाइते भएका छन् ।
घाइतेमध्ये २७० जना उपचारपछि घर फर्किएका जनाइएको छ ।
घाइते ३४३ जनामध्ये नारायणी अस्पताल वीरगन्जमा ११६, नेसनल मेडिकल कलेज वीरगन्जमा १००, गन्डक अस्पताल वीरगन्जमा २८, वीरगन्ज हेल्थ केयरमा ३९, एडभान्स अस्पताल वीरगन्जमा २०, तराई अस्पताल वीरगन्जमा दुईजना र कलैया अस्पतालमा ३८ को उपचार भइरहेको छ ।
अस्पतालमा उपचार गराउन पुगेकाहरु बेड अभावमा भुइँमै बसेर उपचार गराइरहेका छन् ।
अस्पतालका पूरै चिकित्सक घाइतेहरुको उपचारमा खटिएकाले अन्य बिरामी भने प्रभावित बनेका छन् ।
“
प्रतिक्रिया दिनुहोस्