२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


अन्तर्राष्ट्रिय समितिको बैठकमा परराष्ट्रमन्त्री अनुपस्थित भएपछि चर्को आलोचना


0
Shares

काठमाडौं, कात्तिक ९ । व्यवस्थापिका संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय समितिले बोलाएको बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि समितिले आपत्ति जनाएको छ ।

नेपाल–भारत सम्बन्धका बारेमा छलफल गर्न समितिले आज परराष्ट्रमन्त्री डा. महतलाई बोलाएको थियो । तर मन्त्री नै उपस्थित नभएपछि समितिले आपत्ति जनाएको हो ।

बैठकमा सांसदहरुले मन्त्री डा. महतले समितिलाई वेवास्ता गरेर राष्ट्रप्रतिको जिम्मेवारी पूरा नगरेको आरोप लगाए ।

बैठकले आगामी बैठकमा अनिवार्य उपस्थितिका लागि मन्त्री महतलाई निर्देशन दिएको छ । समितिको बैठकमा आगामी डिसेम्बर नेपालमा हुने नेपाल–भारत प्रवुद्ध समूहको बैठकका एजेन्डाबारे छलफल भएको थियो ।

बैठकमा नेपालको प्रबुद्ध समूहका संयोजक डाक्टर भेषबहादुर थापाले नेपाल–भारतवीच भएका कतिपय सन्धि सम्झौता त्रुटिपूर्ण रहेको भन्दै समयानुकूल बनाउन कुटनीतिक रुपमा परिमार्जन गरिनुपर्नेमा जोड दिए ।

बैठकले भारतस्थित नेपाल राजदूतावासको भवन मुनिबाट मेट्रो रेल सञ्चालनका लागि भइरहेको तयारीबारे परराष्ट्र मन्त्रालयलाई सम्पूर्ण कागजात पेश गर्न पनि निर्देशन दिएको छ ।

दूतावासको जमिन मुनिबाट रेलमार्ग सञ्चालन गर्नु अव्यवहारिक भएको भन्दै समितिका सदस्यहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।