२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


लोकल रक्सी ठानेर एसिड पिउँदा….


0
Shares

कैलाली, कात्तिक ९ । लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणको अवस्थामा पुगेकी छन् ।

कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण उनको स्वास्थ्य जोखिममा परेको छ ।

चौधरीको एसिडले आन्द्रा पोलिसकेको अवस्थामा चिकित्सकले त्यसैमा इन्डोस्कोपी गर्दा झनै ठूलो घाउ भएपछि अवस्था चिन्ताजनक भएको उनका श्रीमान् हेमराज चौधरीले बताए ।

उपचारका लागि सेती अञ्चल अस्पताल पु¥याइएकी चौधरीलाई अस्पतालमा रहेको इन्डोस्कोपी मेसिन बिग्रिएको भन्दै सिटी पोलिक्लिनिकमा लगिएको थियो ।

सिटी पोलिक्लिनिकका डाक्टर मेराज आलम अन्सारीले इन्डोस्कोपी गरेलगतै उनको अवस्था झन चिन्ताजनक भएको परिवारजनले आरोप लगाएका छन् । (रासस)