
राजविराज, कात्तिक ९ । हरुवा–चरुवाहरुको प्रथम राष्ट्रिय सम्मेलन मंगलबारदेखि सप्तरीको राजविराजमा सुरु भएको छ ।
राजविराजस्थित शिव मन्दिर प्रांगणमा आयोजित उद्घाटन समारोहका सहभागीहरुले हरुवा–चरुवाको मुक्तिका लागि राज्यपक्षले ठोस कदम चाल्नुपर्ने माग गरे ।
सम्मेलनमा तराईको पर्सादेखि पूर्वी तराईको सुनसरीसम्म विभिन्न गाउँबस्तीका हरुवा–चरुवाहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्