
चितवन, कात्तिक ९ । त्रिभुवन आर्मी क्लब चितवनमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नारायणगढस्थित क्याम्पाचौरमा मंगलबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंलाई २–१ ले पराजित गर्दै आर्मीले सेमिफाइनलमाको यात्रा तय गरेको हो ।
आर्मीको जितमा खेलको ११औं मिनेटमा टेकबहादुर बुढाथोकी र ३६औं मिनेटमा आशिष शाक्यले गोल गरे ।
पराजित हिमालयन शेपार्का राजु आलेमगरले खेलको ४७औं मिनेटमा एक गोल गरेका थिए ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा बुधबार संकटा क्लब र झापा–११ भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्