२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


प्रधानमन्त्री ओली बाराको हावाहुरी प्रभावित क्षेत्रमा


0
Shares

बारा, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापाका पूर्वनिर्धारित् कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणका लागि बारा आएका छन् ।

उनी बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका हुन् ।

उनी सोमबार दिउँसो झापाको भद्रपुरबाट बाराको सिमरा विमानस्थल हुँदै कलैया आइपुगेका हुन् ।

सोक्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाबारे जानकारी गराएका थिए ।

आइतबार साँझ पौने ८ देखि सवा ८ बजेसम्म आएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

हावाहुरीले बाराका कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायत छन् ।