
काठमाडौं, कात्तिक ९ । थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय सिक्सेस क्रिकेट प्रतियोगिता खेल्न नेपालको प्रतिनिधित्व गर्दै बालुवाटार क्रिकेट क्लब बुधबार बिहान थाइल्यान्ड जाँदैछ ।
सुनील लामाको कप्तानी तथा प्रशिक्षणमा जान लागेको नेपाली टिमले भारत, श्रीलंका, अष्ट्रेलिया, इंग्ल्यान्ड, मलेसिया, सिंगापुर र आयोजक थाइल्यान्डसहितका प्रतियोगितामा सहभागी ११ टिमसँग खेल्नेछ ।
यसअघि मंगलबार नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे र बालुवाटार क्रिकेट क्लबका अध्यक्ष उपेन्द्र भट्टराईले खेलाडीहरुलाई शुभकामना दिँदै बिदाइ गरेका थिए ।
प्रतियोगिता यही कात्तिक १२ देखि १४ गतेसम्म हुँदैछ । बालुवाटार क्रिकेट क्लब सो प्रतियोगिताको साविक विजेता हो ।
प्रतिक्रिया दिनुहोस्