२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


बाघ महोत्सव सुरु


0
Shares

डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, कात्तिक ९ । लोपोन्मुख प्रजातीका बाघको संरक्षणका जनचेतना जगाउन बाघ महोत्सव सुरु गरिएको छ ।

कन्चनपुरको महाकाली नदीपारि रहेको दोधारा–चाँदनी नगरपालिकामा मंगलबारदेखि बाघ महोत्सव सुरु भएको हो ।

‘लोपोन्मुख प्रजातीका बाघको संरक्षण गरौं, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण गरौं भन्ने नाराका साथ शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत् गठन भएको सगरमाथा मध्यवर्ती उपभोक्ता समितिले महोत्सव आयोजना गरेको हो ।

बाघ महोत्सवमा बाघको बासस्थानको विस्तार, चोरी–सिकारी नियन्त्रण, बाघको अवैध अंग तस्करी नियन्त्रण तथा जंगली जनावर र मानवबीचको द्वन्द्व घटाउनेलगायतका जनचेतनामूलक कार्यक्रम रहेको महोत्सव संयोजक यशवन्त खड्काले बताए ।

महोत्सव कात्तिक १२ गतेसम्म चल्नेछ ।