२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


क्लिन्टनको विदेश नीतिले तेस्रो विश्वयुद्ध निम्त्याउँछ : डोनाल्ड ट्रम्प


0
Shares

काठमाडौं, कात्तिक १० । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले सिरिया मामलामा हिलारी क्लिन्टनको विदेश नीतिको योजना तेस्रो विश्वयुद्धको निम्त्याउने खालको भएको टिप्पणी गरेका छन् ।

ट्रम्पले अमेरिकाले तथाकथित इस्लामिक स्टेटलाई पराजित गर्नका लागि सिरियाका राष्ट्रपति बसर अल असदलाई सम्झाएर समस्या समाधान गर्नुपर्ने बताए ।

उनले सिरियालाई नो–फ्लाइट जोन घोषणा गर्ने क्लिन्टनको प्रस्तावले रुससँग झनै टकराव ल्याउने दाबी गरे ।

ट्रम्पले आफ्नो पक्षमा नउभिएका रिपब्लिकनहरुप्रति पनि कडा आलोचना गरे । आफ्नो पार्टीभित्र एकता कायम भएमा हिलारी क्लिन्टनले कुनै पनि हालतमा चुनाव जित्न नसक्ने उनको दाबी थियो । (एजेन्सी)