Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


रिडिङमाथि आर्सनलको सहज जित, लिभरपुलसँग टोटनह्याम पराजित


0
Shares

काठमाडौं, कात्तिक १० । इङ्लिस लिग कप फुटबलअन्तर्गत मंगलबार राति भएका खेलमा आर्सनल र लिभरपुल विजयी भएका छन् ।

लण्डन क्लब आर्सनलले रिडिङलाई २-० ले हराएको हो । खेलमा आर्सनललाई विजयी गराउन दुबै गोल अलेक्स अक्सलेड चेम्बरलीनले गरे ।

गएराति भएको अर्को खेलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई २-१ ले हराएको छ । आफ्नै मैदानमा सम्पन्न खेलमा लिभरपुलका लागि ड्यानिएल स्टरिजले दुई गोल गरे ।

टोटनह्यामका यान्सेनले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । लिग कप फुटबलका अन्य खेलमा न्युकासल युनाईटेडले प्रेस्टनलाई ६-० ले पाखा लगाउँदा हल सिटीले ब्रिस्टोल सिटीलाई २-० ले पराजित गर्‍यो ।

लिग कप फुटबलमा बुधबार राति तीन खेल हुनेछन् । आज म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी भिड्दा चेल्सी र वेष्ट ह्याम युनाईटेड तथा साउथह्याम्पटन र सण्डरल्याण्ड खेल्नेछन् ।