२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बन सुरक्षामा सेनालाई हस्तक्षेपकारी भूमिकाबाट अलग गरिने


0
Shares

काठमाडौं, कात्तिक १० । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई संशोधन गर्न वनेको विधेयक २०७१ बारे बुधबार व्यवस्थापिका संसद अन्तर्गतको वातावरण समितिमा दफावार छलफल भएको छ ।

समितिले नयाँ विधेयकबारे बिहीबार पनि छलफल गर्ने जनाएको छ । बैठकमा बन तथा भू संरक्षण मन्त्रालयका सचिव कृष्ण पौडेलले संशोधित विधेयक समयानुकल र वैज्ञानिक रहेको दावी गरे ।

उनले चोरी शिकारी नियन्त्रण गर्न दण्ड सजायको व्यवस्थालाई परिमार्जन गरिएको जानकारी पनि दिए ।

पौडेलले सेनाले राष्ट्रिय निकुञ्ज संरक्षणका लागि गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा वनको सुरक्षाका लागि सेनालाई वृहत रुपमा परिचालन गरिने तर सेनालाई हस्तक्षेपकारी भूमिकावाट भने अलग राखिने स्पष्ट पारे ।

बैठकमा समितिका सदस्यहरुले प्राकृतिक स्रोत र साधनको अधिकतम् उपयोग गरी त्यसवाट हुने आर्थिक लाभ समूदायमा वितरण गरिनुपर्ने सुझाव दिएका थिए ।