
धनुषा । प्रदेश २ को बारा र पर्सामा हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रदेश सरकारले पाँच सदस्यीय तत्काल राहत तथा उद्धार समिति गठन गरेको छ ।
प्रदेश २ को आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय तत्काल राहत तथा उद्धार समिति गठन गरेको हो ।
उक्त समितिमा सामाजिक विकासमन्त्री नवल किशोर साह, वन उद्योग तथा पर्यटनमन्त्री रामनरेश राय , मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा र कानुन मन्त्रालयको उपसचिव समितिको सदस्य सचिव रहने छन् ।
सहयोग जम्मा गर्न खाता नम्बर
यसैगरी, मुख्यमन्त्री राहत कोषमा सहयोग गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले खाता नम्बर समेत सार्वजनिक गरेको छ ।
सहयोगको लागि प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश न. २ जनकपुरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको १२२०५०३०००००० नम्बरको खातामा पठाउन सकिने जनाएको छ ।
सरकारले यस दुःख घडीमा सम्पूर्ण संघ संस्था, उद्योगी व्यवसायी र प्रदेश तथा देशवासीलाई हातेमालो गर्न आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्