२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


ग्रामीण महिलाहरुको जीवनस्तर उकास्न सरकारको ध्यानाकर्षण


0
Shares

काठमाडौं, कात्तिक १० । ग्रामीण क्षेत्रका महिलाहरुको जीवनस्तर उकास्न सरकारले यथोचित ध्यान दिन नसकेको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

९औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको अवसर पारेर बुधबार राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले ग्रामीण महिलाहरुले कृषिकर्म तथा अरु घरायसी काम गरेर देशलाई योगदान पुर्‍याएपनि राज्यले उनीहरुको कदर गर्न नसकेको बताए ।

कार्यक्रममा व्यवस्थापिका–संसदको महिला बालबालिका समितिका सभापति रन्जुकुमारी झाले हरेक वर्ष मार्च ८ मा महिला दिवस मनाइने गरिएपनि यसले ग्रामीण क्षेत्रका महिलाहरुलाई समेट्न नसकेको बताइन् ।