२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


आँधीमा परी मृत्यु हुनेको खुल्यो पहिचानः मृत्यु हुनेमा १० महिला, ११ पुरुष र ५ बालबालिका


0
Shares

बारा । गएराति आएको भीषण आँधीमा परी मृत्यु हुने २७ मध्ये २५ जनाको पहिचान खुलेको छ । २ जनाको पहिचान खुल्न सकेको छैन ।

आँधीमा परी बारामा २६ र पर्सामा एक गरी २७ जनाले ज्यान गुमाएका हुन् । बारामा १० महिला, ११ पुरुष र ५ बालबालिकाले ज्यान गुमाए ।

बाराको इट्टाभट्टामा काम गर्ने तीनजना भारतीय मजदुरको पनि मृत्यु भएको छ । सबैभन्दा धेरै बाराको फेटा गाउँपालिकामा १४ जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये केही उपचार पछि घर फर्किसकेका छन् । अहिले ३ सय ४३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

जसमध्ये नारायण उपक्षेत्रीय अस्पतालमा ११६, नेसनल मेडिकल कलेज वीरगन्जमा १००, गण्डक अस्पताल वीरगन्जमा २८, वीरगन्ज हेल्थ केयर ३९, एडभान्स अस्पताल वीरगन्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ ।