२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


हेटौंडास्थित नापी कार्यालयमा आगोलागी, भागदौड मच्चिँदा ३९ जना घाइते


0
Shares

अपडेट
हेटौंडा, कात्तिक १० । हेटौंडास्थित मकवानपुर जिल्ला नापी कार्यालयमा बुधबार दिउँसो आगोलागी हुँदा भएको भागदौडमा ३९ जना घाइते भएका छन् ।

घटनास्थलमा पुगेका सांसद गणेश थापाका अनुसार घाइतेहरुको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हेटौंडा अस्पतालमा १८, अर्थोपेडिक अस्पतालमा १७ तथा चुरेहिल अस्पतालमा तीनजनाको उपचार भइरहेको छ भने एकजनालाई भरतपुर अस्पताल चितवनमा रिफर गरिएको छ ।

नापी कार्यालयको तल्लो तलामा रहेको चियापसलमा ग्यास सिलिन्डर पड्किएर आगोलागी भएको हो ।

चिया पसलमा आगोलागी भएपछि माथिल्लो तलामा रहेको नापी कार्यालयका कर्मचारी र सेवाग्राही भागाभाग गर्दा घाइते भएका हुन् ।

आगोलागीबाट नापी कार्यालयका केही महत्वपूर्ण कागजात र कम्प्यूटर जलेर नस्ट भएको जनाइएको छ ।

आगोलागी भएको केही समयमा हेटौंडा उप–महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।