२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


रजनीको जितमा रुसन एक्लैले गरे ५ गोल


0
Shares

काठमाडौं, कात्तिक १० । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् बुधबार भएका खेलहरुमा रजनी फुटसल विजयी हुँदा हाइवे र बीजी ब्रदर्सले बराबरी खेलेका छन् ।

जोरपाटीस्थित हाइवेको ‘फिल्ड’मा भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । जारी लिगमा हाइवेको यो पहिलो बराबरी हो ।

यसअघि ३ खेल खेलेको हाइवे २ खेलमा पराजित भएको थियो भने एक खेल जितेको थियो । ४ खेलबाट हाइवेले ४ अंक बटुलेको छ ।

बीजी ब्रदर्सको पनि यो पहिलो बराबरी हो । यसअघि एउटा खेल जितेको बीजी ब्रदर्सले २ खेल गुमाएको थियो ।

बुधबारै भएको दोस्रो खेलमा रजनी फुटसल, भैसेपाटीले आदर्श फुटसल, ढुंगेअड्डालाई ७–२ ले हरायो ।

ढुंगेअड्डास्थित आदर्श फुटसलको फिल्डमा भएको खेलमा रजनीका रुसन केसी एक्लैले ५ गोल गरे । यसैगरी सुमन कार्कीले २ गोल थपे ।

यो खेलपछि रजनी फुटसल अंक तालिकाको चौंथो स्थानमा उक्लिएको । ४ खेलबाट उसको ६ अंक भएको छ ।

आदर्श फुटसल भने ४ खेलबाट १ अंकमात्रै जोड्दै अंक तालिकाको पुछारमा रहेको छ ।