२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


म्यानचेस्टर ‘डर्बी’ भिडन्त आज, जित कसको ?


0
Shares

काठमाडौं, कात्तिक १० । इंग्लिस लिग कप फुटबलमा बुधबार राति तीन खेल हुँदैछन् ।

म्यानचेस्टर ‘डर्बी’ खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी आमने–सामने हुँदैछन् । खेल नेपाली समयअनुसार राति पौने १ बजे म्यानयुको मैदान ओल्ड ट्राफोर्डमा हुँदेछ ।

त्यस्तै, राति साढे १२ बजे दुई खेल हुँदैछन् । वेस्टह्याम युनाइटेडले घरेलु मैदानमा चेल्सीसँग खेल्दा साउथह्याम्पटनले घरेलु मैदानमै सन्डरल्यान्ड खेल्नेछ ।

यसअघि, मंगलबार राति भएका खेलमा विजयी हुँदै आर्सनल, लिभरपुल, न्यूकासल युनाइटेड, हल सिटी र लिड्स युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।