
चितवन, कात्तिक १० । संकटा क्लब काठमाडौं चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नारायणगढस्थित क्याम्पाचौरमा बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा झापा–११ लाई ‘टाइब्रेकर’मा ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो ।
संकटाका लागि टाइब्रेकरमा निराजन खड्का, असिमजंग कार्की र विश्व अधिकारीले गोल गरे भने झापा–११ का लागि एकमात्र गोल ओमविक्रम घलेले गरे ।
यसअघि निर्धारित् समयमा दुबै टिमबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
संकटका लागि खेलको ३१औं मिनेटमा विदेशी खेलाडी भिक्टोर अमोवीले र ३२औं मिनेटमा असिमजंग कार्कीले गोल गरे ।
झापा–११ का सानुका लिम्बूले ५५औं र ६७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
खेलको ‘म्यान अफ द म्याच’ संकटाका असिमजंग कार्की घोषित भए ।
प्रतियोगिताअन्तर्गत् विहीबार पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्