२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


तरुण कप फुटबलको उपाधि फिदिमले जित्यो


0
Shares

पाँचथर, कात्तिक १० । पाँचथरको फिदिममा सम्पन्न जिल्लास्तरीय नकआउट तरुण कप फुटबल २०७३ प्रतियोगिताको उपाधि फिदिमले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा आङसराङलाई १–० ले पराजित गर्दै फिदिमले उपाधि चुमेको हो ।

फिदिमको जितमा दोस्रो हाफको इन्जुरी समयमा नरेस सम्हाम्जेले निर्णायक गोल गरे ।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ फिदिमकै सन्जु तामाङ घोषित भए ।

नेपाल तरुण दलको ६४औं स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३५ हजार रुपैयाँ हात पारे ।

विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले पुरुस्कार वितरण गरेका थिए ।