Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


केही दिनमै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता : पौडेल


0
Shares

                                                            फाइल फोटो

कैलाली, कात्तिक १० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीद्वारा बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतासहितको संविधान कार्यान्वयनका लागि स्थानीय तथा प्रादेशिक तहको निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

निर्वाचनको वातावरणका लागि मधेसी मोर्चासँग संवाद भइरहेको बताउँदै उनले केही दिनमै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुने उल्लेख गरे ।

नेता पौडेलले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको विषयमा संसदीय प्रक्रिया अघि बढिसकेको र संसदको प्रक्रियाले अन्तिम टुंगो लगाउने उल्लेख गरे । रासस

Skip This