२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


मन्त्रिपरिषद बैठक बस्दै


0
Shares

काठमाडौं । बारा र पर्सामा आएको आँधीले जनधनको ठूलो क्षतिका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री ओली बारामा आँधी प्रभावितलाई भेटेलगत्तै काठमाडौं फर्कने र त्यसपछि मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएको छ ।

२ नम्बर प्रदेशको मन्त्रिपरिषद बैठकले राष्ट्रिय विपद घोषणा गर्न केन्द्र सरकारसँग आग्रह गरेकाले सरकारले यसबारेमा निर्ण लिन सक्नेछ ।

आजै विहान बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले आइतवार साँझ आएको हावा हुरीले बारा र पर्साको जिल्लामा ठूलो मानवीय र धनजनको क्षति पुर्याएको भन्दै राष्ट्रिय विपद घोषणा गर्नुपर्ने निर्णय गरेको थियो । त्यसका लागि केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ ।