
काठमाडौं । संयुक्त अधिराज्य बेलायतको आउँदो मे महिनाको २ तारिखमा हुने स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार बनेका नेपाली युवा प्रवेश केसीलाई जनसमर्थन बढ्न थालेको छ ।
अल्डरसटमा वसोबास गर्दै आएका केसी कन्जरभेटीभ पार्टीबाट काउन्सिलर पदको उम्मेदवार बनेका छन ।
नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरटमा बस्दै आएका युवा व्यवसायी तथा समाजसेवी केसीको पक्षमा समर्थन जुट्दै गएको र विजयी हुनेमा विश्वस्त रहेको उनले बताए ।
हालै मात्र केसीको प्रचारमा स्थानीय सांसद लीयो डोचर्टी, काउन्सील लीडर डेभीड, एनआरएन युके संरक्षक योगेन क्षत्रीलगायतले साथ दिएका थिए । नेपाली चलचित्रकर्मी रोमियन लिम्बु पनि उनको प्रचारमा जुटेकी छन् ।
प्रतिक्रिया दिनुहोस्