Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


रसुवागढी नाका दैनिक दुई घण्टा मात्र संचालन


0
Shares

रसुवा, कात्तिक ११ । नेपाल र चीनबीच सञ्चालनमा रहेको व्यापारिक नाका रसुवागढी केहि दीन यता दैनिक दुई घण्टा मात्र संचालनमा आएकोे छ ।

चीन तर्फका बिभिन्न भु–भागहरुमा पहिरो गएको कारण पहिरो पन्छाउन र सडकको मर्मत गर्न लागेकाले चिनले दैनिक दुई घण्टा मात्र नाका संचालनमा ल्याएकोे रसुवाका प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसार्इंले बताए ।

नेपाल तर्फ कुनैपनि अवरोध नभए पनि चिनियाँ भुभागका बिभिन्न स्थानमा बाटो मर्मत गरिरहेकाले अबको ३ महिना सम्म दैनिक दुई घण्टा मात्र नाका सुचारु हुने भएको छ ।

नाका दुई घण्टा मात्र चल्ने हुँदा दैनिक माल बाहक कन्टेनर कम चलेको प्रहरीले जनाएको छ ।

नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढी चिनले आफ्नो तर्फ सडक मर्मत गर्नु पर्ने कारण देखाउदै कडाई गर्दा नेपालीहरुको चाड पर्वहरुका लागि आवश्यक सामाग्री ल्याउन लागेका व्यवसायीहरु थप समस्यामा परेका छन ।