पाँचथर, कात्तिक ११ । तिहार नजिकिएसँगै पूर्वी पहाडी जिल्ला पाँचथरमा ढाकाका कपडाको ब्यापार बढेको छ ।
अन्य समयका तुलनामा अहिले ढाकाको ब्यापार वढेको ब्यवसायीहरु बताउँछन् ।
दैनिक ४÷५ वटा ढाकाको टोपी बिक्री हुने गरेको भए पनि तिहार नजिकिएसँगै दैनिक ३ दर्जनको हाराहारीमा बिक्री हुने गरेको ब्यवसायीहरुको भनाइ छ ।
यस्तै ढाकाको मफ्लर, ओड्नेलगायत सामानको पनि उल्लेख्य बिक्री बढीको छ ।
तिहारमा दिदी बहिनीसँग टीका लगाईसकेपछि दाजुभाईले ढाकाका कपडा र दिदीबहिनीहरुले पनि आफ्ना दाजुभाईलाई ढाकाको टोपी दिने चलन छ ।
पाँचथरमा निर्माण गरिने ढाकाका सामान इलाम, झापा तथा काठमाडौंसम्म लैजाने गरिएको छ । पाँचथर सदरमुकाम फिदिममा मात्रै अहिले २ दर्जन बढी ढाका ब्यवसायी छन् ।









प्रतिक्रिया दिनुहोस्